Logo

पुनर्निर्माण क्षेत्रमा ५५ अर्ब बजेट



काठमाडौं, जेठ १६ । सरकारले महाभूकम्प २०७२ पछिको पुनर्निर्माणको बाँकी सबै काम आगामी आर्थिक वर्ष (आव)मा सम्पन्न गर्ने भएको छ । पुनर्निर्माण क्षेत्रमा आव २०७७/७८ का लागि सरकारले ५५ अर्ब बजेट छुट्याएको छ ।

संघीय संसद्को संयुक्त बैठकमा डा। युवराज खतिवडाले बिहीबार आव २०७७/७८ को बजेट प्रस्तुत गर्दै पुनर्निर्माणका बाँकी कामका लागि ५५ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । सरकारले निर्माणाधीन धरहरा, रानीपोखरी, सिंहदरबारको मूल भवनलगायतको पुनर्निर्माणका काम आगामी आवमा सम्पन्न गरिने जनाएको छ ।

‘निजी, आवास, पुरातात्वविक सम्पदा, विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी भवन तथा अन्य क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ,’ बजेटमा उल्लेख छ । सरकारले विद्यालय भवन पुनर्निर्माणका बाँकी कार्य सम्पन गर्न सम्बन्धित स्थानीय तहको साझेदारीमा स्थानीय आवश्यकताअनुसार डिजाइन गरी विद्यालय व्यवस्थापन समितिबाट निर्माण गरिने जनाएको छ ।राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्