Logo

‘गर्भवती छु, साथीहरुसहित आउनु’ भन्ने किशोरीको त्यो म्यासेजले युवकहरुको ज्यानै लियो



रुकुम, १६ जेठ । प्राणभन्दा प्यारी प्रेमिकाले गर्भवती छु लिनआउनु भनेपछि धोकेवाज भए फरार हुन्थ्यो सच्चा प्रेमी भए लिननै पुग्छ । जाजरकोटका नवराज विक घरपरिवारबाट अप्ठ्यारोमा परेँ भन्दै १७ वर्षीया प्रेमिकाले लिन आउनु भनी सन्देश पठाएपछि ज्यानको बाजी लगाएर पुगेका थिए ।

१० जेठमा १९ जनाको हुल बाँधेर जाजरकोटबाट रुकुम पश्चिम चौरजहारीको सोती गाउँ पुगेका थिए । मल्ल थरकी प्रेमिकाले गर्भवती छु, साथीहरु लिएरै आउनु भनी म्यासेज पठाएपछि पुगेका उनी किशोरीलाई यसपटक सदाका लागि आफ्नो बनाउने भन्दै घरबाट हिंडेका थिए । तर, फर्केर आएनन् । कारोनासँग सिंगो देश लडिरहँदा सोती घटनामा सिंगो देशको ध्यान गयो ।

प्रहरीले अनुसन्धानका क्रममा युवकहरु जर्बजस्ती अपहरणको शैलीमा किशोरीलाई लिन गएका थिए या थिएनन् भन्ने खोजी गर्दा लामो प्रेमसम्बन्ध रहेको तथ्य फेला पारेको छ । युवक र युवतीको कल डिटेल र मेसेज आदानप्रदानको डिटेल समेतबाट अनुसन्धान गर्दा एउटा मेसेज महत्वपूर्ण देखिएको छ जसमा गर्भवती छु, साथीहरुसहित लिन आउनु भनिएको छ । यद्यपि, किशोरीले पछिल्लोपटक आफ्नो प्रेमसम्बन्ध टुटिसकेको थियो भनेकी थिइन् ।

हुल बाँधेर पुगेका युवकहरु घर नपुग्दै ढुंगा खान पुगे । उनीहरुबीच भागाभाग मच्चियो । कतिले कुटाई खाए त कति भाग्न सफल भए । गावै उल्टेर आएपछि उनीहरुको केही लागेन । भेरी नदीमा हामफालेर तर्न खोज्दा पनि यसपटक छ जना असफल भए । जसमध्ये प्रेमी नवराज विक पनि थिए । भेरीमा फाल हालेर भाग्दा भाग्दै आफूहरुमाथि ढुंगा बर्सिएको बचेका युवकहरुले बयान दिएको बुझिएको छ । १९ जनामध्ये ११ जना भेरी नदीमा हामफालेकोमा ५ जना तर्न सफल भएका थिए । बाँकी छ जनामध्ये पाँचजनाको शव फेला परिसकेको छ । बाँकी एकजना वेपत्ता भएका छन् ।

गत वर्षको पुसयता प्रेम सम्बन्धमा रहेका नवराज विक र मल्ल थरकी युवतीबीच पछिल्लो समय दुरी बढेको भनिएको थियो । तर, म्यासेजले यस्तो देखाउँदैन । घरमै आउजाउ गर्ने किशोरी नै घटनाको कारक मध्येको देखिएकी छिन् । युवक दलित समुदायको हुनु र युवती ठकुरी समुदायको हुनुले पनि परिवारले अस्वीकार गर्दा घटना घट्न पुगेको देखिन्छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट युवती मोबाइल अफ गरी बसेपछि नवराज साथीहरुसहित घरमै पुगेका थिए । शनिबार भएको घटनामा युवतीलाई घरबाटै लिएर आउने उद्देश्यका साथ गएका थिए । तर, युवती र उनका परिवारले अस्वीकार गरेको र गाउँले गुहारेका थिए । गाउँले उल्टिएर निस्किएपछि भागाभाग भएको थियो ।

प्रहरी स्रोतका अनुसार गाउँले गुहारेपछि उनीहरु लखेटिएका थिए । लखेट्ने क्रममा आक्रोशित गाउँलेले कुटपिट समेत गरेका थिए । ज्यान जोगाउन नवराज विक र उनका साथीहरु भेरी नदीमा फाल हालेका थिए । भेरीको भेलले प्रेमलाई घृणामा परिणत मात्र गरेन किशोर युवकहरुको ज्यान नै लियो ।

जाजरकोटको भेरी नगरपालिका ४ को रानागाउँका २१ वर्षी नवराज रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ की १७ वर्षीया मल्ल थरकी किशोरीसँगको प्रेम यति गहिरो थियो किशोरी युवकको घरमै पुग्थिन् । मेलामा भेट्दा माया बसेको थियो दुवैबीच ।

पाँच जनाको शव फेला परेकामा भेरी नगरपालिका ११ का लोकेन्द्र सुनार, भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा र सन्दीप विक र चौरजहारीका टीकाराम सुनाको शव फेला परिसकेको छ । अब भेरी नगरपालिकाका गोविन्द शाहीको खोजी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्