Logo

गुपचुप जसिता गुरुङ



काठमाडौ, जेठ १६ । नेपाली चलचित्रको चर्चित नायिका जसिता गुरुङ हाल लकडाउनले फुर्सदमा बसेकी छिन् । नेपाली चलचित्र ‘लिलिबिलि’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी जसिताले धेरै फिल्ममा अभिनय नगरेपनि थोरैमा पनि सफलता हात पारीन् । लण्डनमा बस्दै आएकी जसितालाई केहि समय नेपाली भाषामा कठिनाई भएको थियो ।

नायक प्रदिप खड्कासँगको उनको जोडीलाई दर्शकले निकै रुचाएका थिए । प्रदिप खड्कासँग प्रेम सम्बन्धमा हुँदा उनको निकै चर्चा हुने गरेको भएपनि अहिले गुपचुपमै छिन् । अहिले भने उनको धिरज मगरसँग सामिप्यता बढेको बताइन्छ । अभिनयमा अब्बल जसितालाई अब विपिन कार्की र सौगात मल्लसँग फिल्म खेल्न इच्छा भएको बताउदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्