Logo

वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण



काठमाडौँ, १७ जेठ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/२०७८ को बजेटमा राजनीतिज्ञ अर्थविज्ञ एवम् व्यवसायीलेले विभिन्न कोणबाट विचार तथा व्याख्या गरेका छन् ।

यहाँ आयोजित एक भिडियो अन्तक्र्रिया कार्यक्रममा उनीहरूले विषम परिस्थितिमा वृद्धिदरको लक्ष्य चुनौतीपूर्ण रहेको, सामाजिक क्षेत्रको खर्च विनियोजन सकारात्मक रहेको धारण व्यक्त गरेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले मुलुकको अर्थराजनीतिको मापन र भविष्यको दिशानिर्देश गर्नुपर्ने बताएका छन् । यो बजेट समाजवाद उन्मुख पनि छैन, बजारवाद उन्मुख पनि छैन, असनमा उभिए जस्तो जहाँ जहाँबाट ठूलो फड्को मार्न सकिँदैन– उनको भनाइ रहेको थियो ।

पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले बजेट प्रस्तुत गर्दा सरकारले शिक्षा, स्वास्थ, खानेपानी लगायतका क्षेत्रमा विगत दुई वर्षमा हासिल गरेका भनेर जति पनि तथ्याङ्क देखाएको छ ती सबै विगत अढाइ दशकदेखिका उपलब्धि भएको दबी गर्दै अहिले आत्मप्रचार गर्न खोजेको देखिन्छ भनेका छन् । आन्तरिक र बाह्य ऋणगरी करी ५२५ अर्बभन्दा माथिको लक्ष्य राखिएको र यो आकार निकै ठूलो भन्दै उनले यसले भविष्यका पुस्तालाई कस्तो असर पार्छ भन्ने पनि सोचिनुपर्छ भने । उनले सात प्रतिशतको आर्थिक वृद्धिदर पनि निकै चुनौतीपूर्ण रहेको उल्लेख गरेका छन् ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मानव स्वास्थ र अर्थतन्त्रको स्वास्थ बिग्रेको अवस्थामा जस्तो बजेट आउनुपर्ने हो त्यस्तै प्रकारले आएको छ भन्दै राजस्व विप्रेषणमा पनि सङ्कुचन आएको उल्लेख गरेका छन् । बजेटमा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा २२ अर्ब रुपियाँभन्दा बजेट बढाइएको छ । उनले यसले स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार गर्ला तर मानव संसाधनको विकासमा पनि ध्यान दिनुपर्ने उल्लेख गरेका छन् । कृषि क्षेत्रलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आधारमूल्य तोकिने, उखु किसानका लागि बजेट विनियोजन, स्थानीय तहमा नै कोल्ड स्टोर र खाद्य भण्डारणको कुरा पनि सकारात्मक छ । (गोरखापत्रबाट )



प्रतिक्रिया दिनुहोस्