Logo

अर्थमन्त्रीको विज्ञता व्यवहारिक देखिएन, देश नै संकटमा रहेको बेला मौन बजेटः मिन विश्वकर्मा



काठमाडौं, जेठ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले संविधान सम्बन्धी उठेका सवै माग र मुद्धाहरु राष्ट्रिय मुद्धा भएपनि यसलाई सीमासँग जोडेर वार्गेनिङ गर्न नहुने बताएका छन्। उनले पहिलो राष्ट्रिय मुद्धा भनेको देशको सीमा रहेको तथा सीमा र देशनै संकटमा आएका बेला अरु विषयहरुलाई मुल मुद्धा बनाउन नसकिने बताए ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता विश्वकर्माले संविधानमा समेट्न मधेशी समुदाय र जनजाती लगायतले उठाएका सवै विषयहरु राष्ट्रिय मुद्धाकै विषय भएकाले यसलाई सरकारले र राजनीतिक दलहरुले नजर अन्दाज गर्न निमिल्ने भन्दै अहिलेको मुख्य विषय सीमा भएकाले यसमा कसैले पनि च्याखे नथाप्न आग्रह गरे ।

विश्वकर्माले सरकाले ल्याएको आगामी वर्षको बजेट वास्तविक क्षेत्रका लागि नआएको दाबी गरेका छन् । उनले बजेटमा नीति तथा कार्यक्रममा नपरेका केहि विषयहरु परेका भएपनि कोरोनापछि के गर्ने र देशका व्यवसायीलाई कसरी उकास्ने भन्ने विषयमा मौन रहेकाले समग्रमा बजेटले आर्थिक स्थिति उकास्ने अवस्था नदेखिएको बताए ।

अर्थमन्त्रीको विज्ञता व्यवहारिक नभएको भन्दै विश्वकर्माले रेल र पानी जहाज अहिले रेल र पानीजहाज भन्दा जनतालाई उपचार चाहिएको भन्दै सांसदलाई पुर्वाधार क्षेत्र विकासमा रकम दिएर कोरोनाका लागि ३० अर्ब छुट्टाएकाले अहिलेको बजेटबाट एकलाखलाई पनि परिक्षण गर्न नपुग्ने बताए ।

कांग्रेस संसदीय दलको बैठकले रुकुम घटनामा आन्दोलन गर्ने नियर्ण गरेको र सत्तापक्षसँग यो विषयमा क्षतिपूर्तिको माग गरिएको बताउदै उनले भने,‘आजको कांग्रेसको केन्द्रीय समितिमा रुकुम घटना र संविधान संशोधनका विषयमा छलफल गर्छौ । यो क्षेत्रिय र जातिय भन्दा पनि राष्ट्रिय मुद्धा हो । बजेटको पनि समिक्षा गर्छौ । मधेशको मुद्धा पनि राष्ट्रिय मुद्धा नै हो । मधेशी समुदायको असन्तुष्टि पनि राष्ट्रिय हो तर, सीमाका विषयमा कसैले पनि तगारो बन्न मिल्दैन । अहिलेको आवस्यकता भनेको सीमा हो । एमसीसीलाई आत्मा बलियो नभएकाहरुले भूत देखेका हुन’ ।



प्रतिक्रिया दिनुहोस्