Logo

थप नौ जनामा कोरोना पुष्टि,संक्रमित सबै भारतबाट आएका



राजविराज, जेठ १७ । सप्तरीमा शनिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आज फेला परेका नयाँ संक्रमित सबै भारतबाट आएका हुन् । उनीहरु १८ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् । जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्