Logo

जुन १० भित्रै यो बर्षको मनसुन भित्रिने अनुमान, आज देशभरको मौसममा बदली



काठमाडौं, जेठ १७ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज देशभरको मौसममा सामान्य बद्ली हुने जनाइएको छ। हाल नेपालमा स्थानीय वायुको समेत प्रभावका कायमै रहेकाले आज मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने सम्भावना बढ्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभरको आकासमा शनिबार विहानैदेखि बादल भरिएको छ ।

यस बर्षको बर्षा जुन १० तारिखमा भित्रै भित्रन सक्ने अनुमानसहित देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भुभागमा शनिबार आंशिक देखि सामान्य बदली रहने जनाइएको छ ।
त्यस्तै, पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

शनिबार राति पनि पूर्वी र मध्य भूभाग लगायात पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली नै रहने महाशाखाले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्