काठमाडौं, १७ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले एमसीसीका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णयबमोजिम नै अघि बढ्ने प्रतिबद्धता जनाएको स्पष्ट पारेका छन् ।
आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले एमसीसी चोरबाटोबाट अघि नबढ्ने र पार्टीको निर्णयअनुसार नै अघि बढाईने विश्वास दिलाएको नेता खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । संघीय संसदमा एमसिसी परियोजना विचाराधीन रहेकोले उक्त परियोजना संसदबाट अनुमोदन नहुँदासम्म सो अन्तर्गतका सबै कामहरू रोक्ने पनि आजको बैठले निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
त्यस्तै, आजको बैठकमा एमसीसी सम्झौताबारे संसदले जे फैसलाअनुसार अगाडि बढ्ने पनि निष्कर्ष निकालिएको छ । श्रेष्ठले भने,‘एमसीसीका बारेमा मुख्यतः बजेटमा प्रस्तुत अनुसूचिमा राखिएको एमसीसीको योजनाका बारेमा आवश्यक स्पष्टताका निम्ति छलफल भएको हो, प्रस्ताव अहिले संसदमा विचाराधीन छ । त्यसैले बजेटको व्यवस्था पनि त्यही अनुसार हुने कुरालाई स्पष्ट पारिने अर्थात प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनु भएअनुसार नै एमसीसी सम्झौता अनुमोदन भएको खण्डमा त्यस अनुसार हुनेछ ।’ Photo : Mukunda Kalikote/ReportersNepal.com