Logo

मोदी र मोरिसनबीच समोसा सँगै खाने बाचा



एजेन्सी, १८ जेठ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले समोसाको तस्बिर राख्दै ट्वीटरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको याद गरे । मोदीसँग भिडियोलिंकमा गर्ने तय भएको कुराकानी उल्लेख गरे । मोदी साकाहारी भएको उल्लेख गर्दै आँपको चटनीसहित समोसा राखेर ट्रेमा मोरिसले बोकेको दृश्य राखिएको छ ।

जवाफमा मोदीले इन्डियन समोसाबाट हिन्द महासागरसँग जोडिने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘निकै स्वादिलो लाग्दैछ प्रधानमन्त्री स्कट मोरिसन ।’ एकपटक कोभिड १९ सँगको युद्ध जितेपछि समोसा सँगै खाने बाचा गरे । उनले ४ जुनमा हुने भिडियो कन्फरेन्समा भेटौंला समेत भने ।

मोदी र मोरिसनबीच ४ जुनमा भिडियो कन्फरेन्सबाट कुराकानी तय भएको छ ।



प्रतिक्रिया दिनुहोस्