Logo

कोरोना भाइरसको औषधी रुसमा बन्यो, ११ जुन देखि प्रयोगमा ल्याइने



एजेन्सी, १८ जेठ । खुशीको खबर ! कोरोना भाइरसविरुद्धको औषधी बनेको छ । रुसले विकास गरेको औषधी अर्को महिनाबाट प्रयोगमा ल्याइने भएको छ ।

रुसी समाचार संस्था तासका कोभिड १९ को औषधी विकास भइसकेको छ । रुसले कोरोनाविरुद्व लड्न अविफाविर नाम गरेको ओषधी निर्माण गरेको हो । ११ जुन देखि औषधीको प्रयोग कोरोना संक्रमित व्यक्तिमाथि रुसी अस्पतालले गर्नेे रुसी पत्रिकामा उल्लेख गरिएको छ ।

औषधी निर्माण गर्ने कम्पनीले कोरोनाविरुद्वको औषधी निः शुल्क नबेच्ने जनाइएको छ । प्रयोग भने मेडिकल निगरानीमा गरिने जनाइएको छ । अविफाविर औषधीले रुसी स्वास्थ्य मन्त्रालययबाट स्वीकृत पाइसकेको छ । उक्त औषधीको करिब १८ नमुना तयार भई अस्पतालमा वितरण गर्न तयार रहेको छ । कम्पनीले प्रत्येक कहिना ६० हजार प्याक औषधी निर्माण गर्न सक्ने बताएको छ ।

विश्वभर कोरोना भाइरसविरुद्ध अनेकन औषधीको प्रयोग भइरहेको छ । तर, विश्व स्वास्थ्य संगठनले कुनैलाई पनि सदर गरेको छैन ।

यसअघि अमेरिकाले रेमडेसिभिर र भारतले हाइड्रोक्सिक्लोरोकिन प्रयोगमा ल्याएका छन् । तर, डब्लुएचओले ती औषधीबाट नरारात्मक असर पर्ने भनेको थियो । रुसले प्रयोगमा ल्याउन लागेको औषधीबारे पनि कुनै प्रतिक्रिया आएको छैन । यसलाई डब्लुएचओले मान्यता दिने नदिने टुंगो लागेको छ ।

सँसारभर एक सयभन्दा बढी कम्पनि र प्रयोगशाला कम्पनिहरु कोरोना भाइरसविरुद्धको औषधी र खोप विकासमा सक्रिय छन् । तर, कसैले पनि सफलता हासिल गरिसकेका छैनन् । कम्पनिहरु औषधी र खोप विकासको क्रममा छन् । अमेरिका, चीन, भारत, अष्ट्रेलिया, इजरायल, जापान, थाइल्यान्ड, जर्मनी, बेलायतलगायका देशका कम्पनिहरु खोपको विकासमा सक्रिय भइरहेका छन् ।Photo Source : TASS



प्रतिक्रिया दिनुहोस्