Logo

लकडाउनमा मोटरसाइकल र कार जुध्यो, दुई घाइते



ललितपुर, १८ जेठ । लकडाउनमा मोटरसाइकल र कार जुध्दा दुईजना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका ९ को चेतनाचोकमा भएको घटनामा मोटरसाइकल पछाडि बस्ने दुईजना घाइते भएका हुन् ।

घटनापछि एम्बुलेन्स व्यवस्था गर्न कठिन भएको थियो । निकै समयपछि घाइतेलाई अस्पताल लगिएको थियो ।

पछिल्लो समय महालक्ष्मी नगरपालिकामा एम्बुलेन्स पाउन कठिन भएको छ ।

Photo Source: Hira Paudel

 



प्रतिक्रिया दिनुहोस्