Logo

कोरोना संक्रमित १ हजार ३ सय ४९ जनाको उपचार जारी, २ सय २० जना डिस्चार्ज



जेठ १८, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ८० हजार ६ सय ९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ६९ हजार ५ सय ८२ जनाको पिसीआर परीक्षण र १ लाख ११ हजार १ सय ९ को ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५३ वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ४ हजार ५४ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ७ वटा परीक्षण भएको छ ।

अहिलेसम्म प्रदेश एकमा ११९३३, प्रदेश दुईमा ६९३३, बागमति प्रदेशमा २५,८८२, गण्डकी प्रदेशमा ८,७३५, प्रदेश पाँचमा २३,००३, सुदूरपश्चिम प्रदेशमा २१ हजार ८ सय २० र कर्णाली प्रदेशमा १३२०३ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख १९ हजार १ सय ९२ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ३५३६, प्रदेश दुईमा १९९८३, बागमित प्रदेशमा २४२३, गण्डकी प्रदेशमा ३५१४, प्रदेश पाँचमा ३५ हजार, कर्णाली प्रदेशमा १९५८९ र सुदुर पश्चिम प्रदेशमा ३५१४७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

आइतबार साँझ ५ बजेसम्म प्रदेश एकमा १३५, प्रदेश दुईमा ५१९, बागमति प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश पाँचमा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ ।

अहिले कूल १ हजार ३ सय ४९ जनाको उपचार भइरहेको छ । त्यसैगरी अहिलेसम्म २ सय २० जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ३०, प्रेदशमा दुईमा १०४, बागमति प्रदेशमा २९, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ४८ र सुदुरपश्चिम प्रदेशमा ६ जना रहेका छन् । पुरुष ७२ र महिला ४८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा १ जना निको भएर घर फर्किएका हुन् ।



प्रतिक्रिया दिनुहोस्