काठमाडौं, १८ जेठ । संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालको आयोजनामा ‘रुकुम पश्चिम, जाजरकोटको दलितमाथि भएको नरसंहार विरुद्ध विरोध कार्यक्रम-२०७७’ मा प्रहरीले बल प्रयोग गरेको छ । काठमाडौंको माईतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा प्रहरीले पानीको फोहोराले हानेको थियो । रुकुम घटनाका दोषीलाई कडा कारवाहीको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा रहेका नागरिकमाथि लाठी प्रहार भएको हो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम