Logo

संसदमा संविधान संशोधन प्रस्ताव पेश भएसँगै दिल्लीसम्म तरंग, ‘भारत-नेपाल सम्बन्ध झन् बिग्रने’



काठमाडौं, १८ जेठ । नेपालको नक्शा संशोधनका लागि संसदमा आज विधयेक पेश भएलगत्तै भारतमा निकै चासोका साथ हेरिएको छ । भारतीय मिडियाहरुले नेपालमा विकसित घटनालाई महत्वका साथ प्रकाशन र प्रशारण गरेका छन् । संसदमा दुई तिहाईले संशोधन प्रस्ताव पारित हुने निश्चित भएलगत्तै यसले नेपाल र भारतबीच सम्बन्धमा झन् संकट आउने उल्लेख गरेका छन् ।

भारतीय मिडियाले घटनालाई भारतले गम्भीरताका साथ लिएको खबरहरु प्रसारण गरेका छन् । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले आवश्यक दुई तिहाईले कालापनी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटिएको नक्शा राष्ट्रि प्रतिक चिन्हमा समावेश गर्न संविधान संशोधनको विधयेक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको समर्थनसँगै पारित हुने निश्चित भएको उल्लेख गर्दै यसले नेपाल भारतसम्बन्ध थप संकटमा पर्ने उल्लेख गरेको छ । उसले लेखेको छ, ‘यो विकसित घटनाक्रमले भारत नेपाल सम्बन्धको संकट झन् खराब अवस्थामा पुग्नेछ ।’

पत्रिकाले विधयेक संदनबाट पारित भएमा ओलीको राष्ट्रवादी छवि अझ माथि उठेसँगै भारतविरोधी अवस्था अझ माथि उठ्न सघाउ पुग्ने उल्लेख गरेको छ । सदनबाट संविधान संशोधन दुई तिहाईबाट पारित हुने मिति तय नभएपछि छिट्टै हुने बताइएको छ ।

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बसेर समर्थन गर्ने टुंगो लगाएको, राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिल्यै नै टुंगो लगाइसकेको विषय उल्लेख गरेको छ ।

हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले नेपालको नयाँ नक्शाबारे कदमले दिल्लीलाई गम्भीर बनाएको उल्लेख गरेको छ । उसले विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले २० मे मा भारतले नेपालको नयाँ नक्शालाई अस्वीकार गर्ने भनाई सार्वजनिक गरेको विषय समेत उल्लेख गरेको छ ।

हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले नेपालले जानीजानी नयाँ नक्शा ल्याएको भन्दै नेपालसँग भारतको सम्बन्धमा तनाव आएको उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्