बाँके, १९ जेठ : दुर्घटनामा मृत्यु तथा घाइते भएकामा कोरोना भाइरस भए÷नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरेर परीक्षण थालिएको छ । मृतक तथा घाइते सबै भारतबाट आएकाले उनीहरुमा कोरोना सङ्क्रमणको जाखिम रहेकाले स्वाब सङ्कलन गरी परीक्षण थालिएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर कोरोना परीक्षण थालिएको हो । “कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मृतकमा सङ्क्रमण भए÷नभएको पुष्टि गरेर शवको व्यवस्थापन गर्नुपर्ने भएकाले स्वाब सङ्कलन गरिएको हो”, निमित्त मेसु थापाले भन्नुभयो, “मृतकमा कोरोना सङ्क्रमण नभए परिवारको जिम्मा लगाइनेछ भने सङ्क्रमण देखिएमा सोहीअनुसार शव व्यवस्थापन गरिनेछ ।”रासस