काठमाडौं, जेठ २०। संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्रीको तर्फबाट सरकारको प्रतिवेदन पेस हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट चालु आर्थिक बर्षको सरकारको बार्षिक प्रतिवेदन बैठकमा पेस हुने भएको हो ।
बैठकमा सो प्रतिवेदनलाई छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पनि पेस हुने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार विहान ११ बजेपछि बस्नेगरी बैठक तय भएको छ ।
संघीय संसद अन्तर्गतकै प्रतिनिधि सभाको बैठक भने आगामी २३ गतेसम्मका लागि स्थगित भएको छ । ।