जेठ २०, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ९१ हजार ६ सय ८८ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ७५ हजार ३ सय ४३ जनाको पिसीआर परीक्षण र १ लाख १६ हजार ३ सय ४५ को ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४० वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट २ हजार ५ सय ८८ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ६ हजार २८ वटा परीक्षण भएको छ ।
अहिलेसम्म प्रदेश एकमा १२४५१, प्रदेश दुईमा ७००५, बागमति प्रदेशमा २५,७३६ गण्डकी प्रदेशमा ९०६१, प्रदेश पाँचमा २५,४९४, सुदूरपश्चिम प्रदेशमा २२ हजार ५ सय ४५ र कर्णाली प्रदेशमा १४, ०५३ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १ लाख ४५ हजार ३ सय ७५ जना रहेका छन् । तिमध्ये प्रदेश एकमा ३६३५, प्रदेश दुईमा २२,५३६, बागमित प्रदेशमा ३००८, गण्डकी प्रदेशमा ४३१५, प्रदेश पाँचमा ४० हजार ६ सय १७, कर्णाली प्रदेशमा २६,४४७ र सुदुर पश्चिम प्रदेशमा ४४,८१७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
मंगलबार साँझ ७ बजेसम्म प्रदेश एकमा १२०, प्रदेश दुईमा ७११, बागमति प्रदेशमा २२, गण्डकी प्रदेशमा ३४, प्रदेश पाँचमा ६२२, कर्णाली प्रदेशमा २५१ र सुदूरपश्चिम प्रदेशमा ६५ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । अहिले कूल १ हजार ८ सय २५ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी अहिलेसम्म २ सय ६६ जना उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेहरुमध्ये प्रदेश एकमा ४८, प्रेदशमा दुईमा १०४, बागमति प्रदेशमा ३०, गण्डकी प्रदेशमा ३, प्रदेश पाँचमा ७४ र सुदुरपश्चिम प्रदेशमा ७ जना रहेका छन् । पुरुष २ सय १२ र महिला ५४ जना उपचारपछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा ४५ जना निको भएर घर फर्किएका हुन् ।