काठमाडौँ, २० जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बन्दाबन्दी भएको दुई महिना बितिसक्दा पनि सरकारले कार्ययोजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेको आरोप लगाएको छ।
राप्रपा अध्यक्षत्र पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले अज प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमणविरुद्ध व्यवस्थापकीय पक्षमा नेपाल सरकारको लापरवाही भएको जनाउँदै क्वारेन्टाइन र आइसोलेशनका व्यवस्थामा योजनाको अभाव र लापरवाही प्रवृत्तिले जनता पीडित भएको बताउनुभएको छ ।
कोरोना नियन्त्रण र अर्थतन्त्रको व्यवस्थापन तथा निम्नआय भएका गरीब, ज्यालादारी मजदूर र असहाय जनताप्रति संवेदनशील हुन पार्टीले सरकारसँग आग्रह गरेको छ ।रासस File photo