(अपडेट: जेठ २१, राति १ बजे)
जेठ २१, काठमाण्डौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण अमेरिकामा मात्रैै १ लाख ७ हजार ६ सयभन्दा बढिको मृत्युु भएको छ ।
विश्वभर भने ३ लाख ८० हजार ३ सयको मृृृृृत्यु भएको छ । त्यसैगरी वल्डोमिटरको तथ्यांकअनुुुुसार विश्वभर ६४ लाख ४० हजार जनामा कोरोना संक्रमण फैलिएको छ ।
अमेरिकामा हालसम्म कोरोनाको सबैभन्दा बढी असर देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ९ हजार ८ सय जनामा कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १८ लाख ७० हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा अमेरिकामा कोरोनाको कारण ६ सय ५८ जनाको ज्यान गएको छ ।
अमेरिकापछि धेरै संक्रमण फैलिएको ब्राजिलमा कोरोनाबाट ५ लाख ३९ हजार जना संक्रमित भएका छन् भने ३० हजार ५ सय जनाको कारोनाको कारण मृत्यु भएको छ । पछिल्ला दिनमा त्यहाँ संक्रमण तीब्र गतिमा बढेको छ ।
त्यस्तै तेस्रो नम्बरमा रहेको रुसमा हालसम्म कोरोनाको कारण ४ लाख २४ हजार जना संक्रमित भएका छन् । त्यहाँ ५ हजार ३७ जनाको ज्यान गएको छ । रुसमा संंक्रमणको तुलनामा मृतकको संख्या भने थोरैै छ । पछिल्लो २४ घण्टामा रुसमा करिब ९ हजार जनामा कोरोना संक्रमण देखिएको र १ सय ८२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
त्यस्तै स्पेनमा हालसम्म कोरोनाको कारण २७ हजार १ सय २७ जनाको ज्यान गइसकेको छ । पछिल्ला दिनमा स्पेमा मृतकको संख्यामा उल्लेख्य कमि आएको छ । २ लाख ८७ हजार जना मानिसमा कोरोना संक्रमण भएको छ ।
बेलायतमा बितेको २४ घण्टामा कोरोनाको कारण ३ सय २४ जनाको ज्यान गएको छ । त्यहाँ कुुल ३९ हजार ३ सय ७० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
छिमेकी देश भारतमा कोरोना संक्रमणका कारण ५ हजार ८ सय २९ जनाको ज्यान गइसकेको छ, भने २ लाख ७ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा भारतमा ८ हजार ७ सय जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा कोरोनाका कारण २ सय २१ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर २९ लाख ४५ हजार जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । ३१ लाख १३ हजार उपचाररत मध्ये ५४ हजार २ सय जनाको अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वभर ३ हजार ३८ जनाको मृत्यु भएको छ। त्यसैगरि ७७ हजार नयाँ संक्रमित थपिएका छन् ।
कोरोना २ सय १३ देशमा पुगिसकेको छ ।
कुन देशमा कति जनाको मृत्यु ?
इटली – ३३५३०
फ्रान्स – २८९४०
बेल्जियम – ९५०५
जर्मनी – ८६४३
टर्की – ४५८५
इरान – ७९४२
मेक्सिको – १०१६७
क्यानडा – ७३९५
नेदरल्याण्ड – ५९६७
चीन – ४६३४
स्विडेन – ४४६८
पेरु – ४६३४