Logo

चक्रपात निसर्गले भारतमा भारी वर्षा र आँधी ल्याउँदै, नेपालमा समेत प्रभाव पर्ने



काठमाडौं, २१ । आज चक्रपात निसर्गले भारतको महाराष्ट्र र गुजरातमा भारी वर्षा र आँधी ल्याउने भएको छ । सम्भावित क्षतिलाई दृष्टिगत गरी शतर्कता अपनाउने भनिएको छ ।

भारतको मौसम पूर्वानुमान केन्द्रले दक्षिणी मुम्बईमा निसर्ग चक्रपातले अबको आज आँधी र भारी वर्षा गराउने जनाइसकेको छ । उक्त आँधीको गति प्रति घन्टा १०० किलोमिटर सम्म हुनेछ ।

निसर्ग चक्रवातको असर उत्तरी भारतसम्म पर्ने भारतको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ । सामान्य भन्दा बढी वर्षा हुनेछ । चक्रपात नसर्ग नाम बङ्गलादेशले दिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिम वायु, अरब सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले दक्षिण पूर्वी अबर सागरमा रहेको न्युन चापीय क्षेत्र उत्तरतर्फ सर्दै गरेकोले उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने उल्लेख गरेको छ ।

बुधबार र बिहिबार देशका विभिन्न भागमा वर्षाको सम्भावना छ । पुर्वी र पश्चिम वायुको प्रभावले मौसममा बदली हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्