Logo

सिमामा तनाव अन्त गर्न भारत र चीनबीच सैन्य तहमा वार्ता



एजेन्सी, २१ जेठ । भारत र चीनबीच सिमामा तनाव बढ्दै जाँदा युद्धको कालो बादल मडारिएको छ । स्थिति असामान्य हुने खतरा बढेपछि दुवै देशले वार्ताको बाटो समातेका छन् ।

लदाखको सिमा क्षेत्रमा भारत र चीनबीच सैन्य तहमा वार्ताको मिति तय भएको छ । २४ जेठमा दुई सैनिक अधिकृत तहमा वार्ता तय भएको हो । इन्डियन एक्सप्रेसले दुई तारे जर्नेल तहमा वार्ता हुने सैनिक स्रोतलाई उदृत गर्दै लेखेको छ । वार्ता विभिन्न चरणमा हुने उल्लेख छ ।

यसअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहले टेलिभिजन अन्तवार्तामा वार्ता हुने उल्लेख गरेका थिए । उनले सैन्य तहमा कुराकानी भइरहेको बताएका थिए ।

भारत र चीनबीच सिमा क्षेत्रमा तनाव बढ्दै गएपछि सैन्य तहमा कुराकानी बढेको हो । सिक्किममा सैनिकबीच झडप भएको थियो । लदाखमा दुवै पक्षले सैन्य उपस्थिति बढाएका थिए ।

भारत र चीनबीच तनाव बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताको प्रस्ताव राखेका थिए । तर, त्यसलाई भारत र चीन दुवैले अस्वीकार गरिसकेका छन् ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्