Logo

कतारबाट फर्कने नेपालीहरुले पालना गर्नुपर्ने छ यस्ता नियम



काठमाडौं, जेठ २१। सरकारले विदेशमा अलपत्र परेका नेपाली फर्काउने तयारी गरिरहँदा कतारस्थित नेपाली राजदूतावासले कतारबाट फर्कनेहरुलाई निर्देशिका जारी गरेको छ ।

कतारबाट स्वदेश फर्किनै पर्ने नेपालीहरुले हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च आफैंले बेहोनुपर्ने दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी निर्देशन अनुसार स्वदेश फर्किन चाहाने नेपालीले आफ्नो हवाई टिकटको शुल्क स्वयंम दिनुपर्ने छ भने विमानस्थलबाट होल्डिङ सेन्टर हुँदै होटल क्वारेन्टिन वा स्थानीय तहले व्यवस्थापन गरेको सम्बन्धित क्वारेन्टिनसम्मको यातायात खर्च समेत आफैले बेहोर्नुपर्ने उल्लेख छ ।

दूतावासले फर्किनुअघि कोरोना संक्रमण नभएको स्वास्थ्य परीक्षण (पीसीआर), आरडिटी परिक्षणको प्रमाणपत्र समेत साथमा राख्न सबैलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot