Logo

डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी महिलाको मृत्यु



डडेल्धुरा, जेठ २१ । डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको मृत्यु भएको हो । गाउँपालिकाकै वडा नम्बर १ असिग्राममा रहेको आधारभुत विद्यालय रैनाकोट, रुवाखोलामा रहेको क्वारेन्टाइनभित्रै उनको निधन भएको हो ।

राति श्रीमनसंगै सौचालय गएकी ति महिला एक्काशी बेहोस भएपछि मृत्यु भएको जनाइएको छ । गाँउपालिकाको सदरमुकाम नजिकैको क्वारेन्टाइनमा बसेकी ति महिला केहि दिन पहिले मात्रै भारतबाट नेपाल आएकी थिइन् । उनको मृत्युको कारण खुल्न सकेको छैन् । गाँउपालिकाका अध्यक्ष नवलबहादुर मल्लसंग सम्पर्क हुन सकिरहेको छैन् ।



प्रतिक्रिया दिनुहोस्