Logo

शिक्षकमा कम्प्युटरको ज्ञान नहुँदा अनलाइन कक्षा सञ्चालनमा कठिनाइ



काठमाडौं, जेठ २१ । सरकारले असार १ गतेदेखि अनलाइनबाट कक्षा सञ्चालन गर्ने उल्लेख गरी रहँदा ८ प्रतिशत व्यक्तिको घरमा मात्रै व्यक्तिगत कम्प्युटर र इन्टरनेटको सुविधा रहेको देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय समितिअन्तर्गत गठन गरेको शिक्षण विधि र वैकल्पिक व्यवस्था कार्यसमितिले बुझाएको प्रतिवेदनमा सो विषय उल्लेख गरेको छ ।

नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको अध्यक्षतामा गठित १६ सदस्यीय समिति गठन भएको थियो । सो समितिले बुझाएको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको छ ।

समितिको तथ्यांकअनुसार करिव ३० प्रतिशत घरमा रेडियो, करिव ८० प्रतिशत घरमा मोबाइलको सुविधा भएको र यसका पनि विद्यालय जाने विद्यार्थीको घरमध्ये करिब ८८ प्रतिशतमा मोबाइल फोन भएको, करिव ५० प्रतिशत घरमा टेलिभिजन भएको र विद्यालय जाने केटाकेटीको ३७ प्रतिशत घरमा मात्र टेलिभिजन भएको देखाएको छ ।

करिब ३० प्रतिशत घरमा रेडियो, करिब ८० प्रतिशत घरमा मोबाइलको सुविधा, ८८ प्रतिशतमा मोबाइल फोन भएको, करिब ५० प्रतिशत घरमा टेलिभिजन भएको र विद्यालय जाने केटाकेटीको ३७ प्रतिशत घरमा मात्र टेलिभिजन भएको देखाएको छ ।

सोही प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन कार्यविधि तयार गरेको हो । केही ठूला विद्यालयले अनलाइन कक्षा सञ्चालन गर्दै रकम असुलउपर गर्न थालेपछि मन्त्रालयले समिति बनाएर अनलाइन कक्षाको अवस्था र पढाउन सकिने उपायबारे अध्ययन गरेको थियो ।

समितिले बुझाएको प्रतिवेदनको आधारमा सरकारले आइतबार कार्यविधि जारी गरेको थियो । सो कार्यविधिअनुसार असार १ गतेबाट अनलाइनबाट पढाइ शुरू गर्ने भएको छ ।

प्रतिवेदनले ठूला शैक्षिक संस्था र ग्रामीण दुर्गम र आर्थिक सामाजिक परिवेशले पछाडि परेका क्षेत्रमा रहेका संस्थामा अध्ययन गर्ने विद्यार्थीका लागि अनलाइन प्रविधिको प्रयोगबाट कक्षाहरू निरन्तर गराउन, परीक्षा सञ्चालन गराउन त्यति सजिलो नदेखिएको उल्लेख छ ।

प्रतिवेदनमा शिक्षकको ठूलो हिस्सामा कम्प्युटरको ज्ञानको अभाव छ । डिजिटल अध्ययन सामग्री तयार पार्न र यसको प्रयोग गर्न गराउन शिक्षकमा नै यस खाले सीपको अनिवार्यता हुन्छ । विद्यार्थीमा पनि यो सीप भएन र व्यक्तिगत कम्प्युटर उपलब्ध छैन भने कठिन हुने उल्लेख गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot