Logo

छुवाछुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई कडा सजाय दिने कुरामा सम्झौता हुँदैन् : प्रधानमन्त्री



काठमाडौं, २१ जेठ । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुभकामना सन्देश जारी गरेका छन् । उनले सन्देशमार्फत छुवाछुतसम्बन्धी जघन्य घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले सम्झौता नगर्ने पनि विश्वास दिलाएका छन् । छुवाछुतजस्तो जघन्य हिंसामा शून्य सहनशीलता अपनाइने पनि उनको शुभकामनामा उल्लेख गरिएको छ ।

जारी सन्देशमा भनिएको छ,’मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मावन अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउनेछ । छुवाछुतसम्बन्धी जघन्य घट्नाका अपराधीहरुलाई सरकारले कानूनी दायरामा ल्याउनेछ । त्यस्ता अपराधीहरुलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्दैन् ।’ हेरौं प्रधानमन्त्रीको शुभकामना सन्देश जस्ताको त्यस्तै :



प्रतिक्रिया दिनुहोस्

Screenshot