Logo

दक्षिणी सागरमा पृथ्वीको सबैभन्दा स्वच्छ हावा पत्ता लागेको वैज्ञानिकको दाबी



एजेन्सी २१ जेठ । पृथ्वीमा सबैभन्दा स्वच्छ हावा कहाँ होला ? विश्वभर प्रदुषणले स्वच्छ हावा पाउनै मुश्किल भइरहँदा यसबारे चासो हुँदै आएको छ । तर, पृथ्वीमा सबैभन्दा स्वच्छ हावा पत्ता लागेको छ ।

दक्षिणी सागरमा पृथ्वीको हावा स्वच्छ भएको वैज्ञानीकहरुले दाबी गरेका छन् । दैनिक जीवनमा मानवको गतिविधिद्वारा उत्पन्न भएको एरोसल कणहरु उक्त क्षेत्र नजिकको बादलमा नदेखिएको कारण वैज्ञानीकहरुले दाबी गरेका हुन् । कोलाराडोराडो स्टेट युनिभर्सिटीका प्रोफेसरहरुले दक्षिणी सागरमा अन्य महाद्विपको तुलनामा मानव गतिविधि कम रहेको कारण दक्षीणी सागरको हावा स्वच्छ रहेको जनाएका छन् । दैनिकी जीवनमा मानव जातीद्वारा गरिने गतिविधिले कणहरु नजीक रहेको बादल वरिपरि बस्ने गर्दछ । उक्त क्षेत्रमा कणको उपस्थिती न्यूरहेको विज्ञहरु बताँछन् ।

यस्ता प्रकारका कणहरुले वायू प्रदुशनको रुप लिने गर्दछ । सलिड, तरल र ग्याँसको प्रकार भइ निष्कृय रुपमा हावामा बस्ने गर्दछ । दक्षीणी सागर अन्र्टाटिकाको नजीक रहेको कारण कणहरुलाई प्रवेशमा रोक लगाउन स्वतह प्रतिरक्षा गर्न सफल रहेको विज्ञहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot