Logo

चार अर्ब रुपैयाँको नागरिक बचतपत्रमा आवेदन दिने म्याद थपियो, असार २१ गतेसम्म आवेदन दिन पाइने



काठमाडौ, २१ जेठ । नेपाल राष्ट्र बैंकले जेठ १ गतेदेखि बिक्रीमा ल्याएको चार अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्रमा आवेदन दिने म्याद थप भएको छ। केन्द्रीय बैंकले यसअघि जेठ २५ गतेसम्म आवेदन दिन पाइने गरी बिक्रीमा ल्याएको बचतपत्रमा आवश्यक आवेदन नपरेपछि असार २१ गतेसम्म म्याद थप गरेको हो।

पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ मा वार्षिक ९ प्रतिशत ब्याजदर प्रदान हुने केन्द्रीय बैंकले जनाएको छ। असर २९ गते निष्काशन गरिने बचतपत्रमा इच्छुक नेपाली नागरिकले नेपाल राष्ट्र बैंकका उपत्यका बाहिरका शाखा, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिद आवेदन पेश गर्न सक्नेछन्। खरिद आवेदन फारम नेपाल राष्ट्र बैंकको वेवसाइटबाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ।

उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिनुपर्नेछ।

प्रत्येक ६र६ महिनामा प्रदान हुने ब्याज आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको ब्याज लिन सक्नेछन्। बचतपत्रको सावाँ २०८२ असार २९ गते फिर्ता हुनेछ। मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot