Logo

गायक अमृतको नयाँ गित “फोनबाटै देउ न चुम्मा” को भिडियो सार्वजनिक



काठमाडौं, २१ जेठ । कोरोनाको महामारीसंगै सिंगो विश्वनै लकडाउनको चपेटामा परेको छ। यही चपेटामा माया गर्ने आफ्नो मान्छे टाढा हुँदा एक-अर्कासंग भेट हुन नसक्दाको पिडा घरबाटै भिडीयो कलमार्फत आफ्नो गुनासो पोख्दै छन् कलाकार अमृता भट्ट अनि समिर खान।

भिडियोमा लकडाउनको बेलामा समेत जीवन्त अभिनय देख्न सकिन्छ। सुशिल डाँगीको छायाँकन र निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा गायक अमृत कुमार भट्ट र गायिका लसता जोशीको आवाज रहेको छ। अभिनेत्री समेत रहेकी अमृताको सब्दमा गायक अमृतको संगीत रहेको छ भने सन्तोष श्रेष्ठले गीतलाई मिठो धुनले संगीत संयोजन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्