काठमाडौं, २१ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सरकारले कोरोना भाइरुसको रोकथामका लागि चालेको कदमको बचाऊ गरेका छन् । उनले सरकारी अस्पतालले मात्र नभई निजी अस्पतालले पनि कोरोना भाइरसको पीसीआर टेष्ट गर्नुपर्नेमा जोड दिएका छन् । डा. पाण्डेसँग यीनै सेरोफेरोमा रेडियो एनआरएनका लागि ऋषि धमलाले गरेको कुराकानीः
तपाईंहरुले कोरोना रोकथाममा काम गर्न सक्नुभएन झन् भयावह स्थिति आउने भयो, सरकार कसरी अगाडि बढिरहेको छ ?
काम नगरेको भए यतिधेरै जाँच गरेर संक्रमित पत्ता लगाएर राख्न सक्ने थिएनौं । त्यसकारण कामै भएन भन्न मिल्दैन । पछिल्लो समय भारतबाट धेरै नपालीहरु आउनुभएको छ । उहाँहरु भारतको हट स्पटबाट आउनुभएको हुनाले संक्रमितहरु बढेका छन् । त्यसमा जोखिमको अवस्थालाई हेरेर हामीले काम गरिरहेका छौं ।
अहिलेको अवस्थामा धेरै मान्छेलाई पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ तपाईंहरु नसक्ने अवस्थामा हुनुहुन्छ निजीलाई दिँदै हुनुहुन्छ हो ?
यो सरकार, निजी अस्पताल सबै मिलेर गर्ने हो । सरकारको मात्रै काम होइन निजी अस्पतालले पनि गर्नुपर्छ । त्यसको लागि सरकारले भनिपनि रहेको छ ।
परीक्षणको परिपोर्ट आउन एक साता कुर्नुप¥यो नि त्यो अवस्था जनता छैनन् ?
यसको लागि सबै मिलेर गर्ने हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग २१ वटा ल्याबहरु प्रयोगमा छन् । अहिले पनि धेरै स्याम्पलिङ आएर पेन्डिङमा परेका छन् । त्यस हिसाबले पीसीआरका मेसिनहरुको टाइम हुन्छ । त्यो मेसिनको क्षमता एक पटकमा ९० जनालाई गर्ने हो । त्योभन्दा छिटो काम हुने गरी मेसिनहरु ल्याएर रिपोर्टहरु समयमै दिने काम भइराखेको छ ।
अहिले सरुवा रोग नियन्त्रण महाशाखाले के के गरिरहेको छ ?
हाम्रो काम भनेको संक्रमितहरु कहाँ–कहाँ छन् । सरुवा रोग नियन्त्रण महाशाखाको पनि त्यही हो । त्यसको जानकारी लिने र छिटोभन्दा छिटो परीक्षण गर्ने हो । अहिलेसम्म हाम्रोमा देखिएको संक्रमितहरु ९५ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । जुन अरु देशमा हो भने घरमै बसेर उपचार गर्दा हुनेखालको मात्रै छ । हामीले बाहिरबाट आएका व्यक्तिहरुलाई सिधैं क्वारेन्टाइनमा लाने । जस्तै बसमा चढ्नुपर्यो भने उनीहरुलाई माक्स, स्यानिटाइजर दिने । त्यसपछि त्यति राम्रो नभएपनि सम्बन्धित क्षेत्रको क्वारेन्टाइनमा राख्ने । क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई टेष्ट गरेर नेगेटिभ आएपछि घर पठाउने काम हाम्रो हो । यसरी नै हामीहरुले अहिलेसम्म काम गर्दै आएका छौं । यो केन्द्रीय सरकारको मात्रै नभएर प्रदेश र स्थानीयको पनि दायित्वभित्रको कुरा हो ।
अब तपाईंहरुले पीसीआर परीक्षणको लागि कुन–कुन निजी अस्पताललाई दिँदै हुनुहुन्छ ?
कुन–कुन अस्पताललाई दिने भन्दा पनि कुन अस्पताल सुविधासम्पन्न छ भन्ने कुरा आउँछ । त्यसको अनुगमन र नियन्त्रण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्छ । त्यसमा हामीले समन्वय गर्ने हो । त्यो त जसको अस्पताल उपयुक्त छ उसलाई दिने हो । परीक्षणको दायरा बढाउनै पर्यो किन भने हाम्रो देशमा नेपाली मात्रै नभएर अरु देशबाट आएका व्यक्तिहरु पनि छन् । उहाँहरुलाई यहाँबाट विदेश जाँदा पनि पीसीआरको रिपोर्ट देखाउनुपर्ने हुन्छ । अन्य जिल्लाहरुमा जान पनि देखाउनुपर्ने हुन सक्छ त्यसकारण फास्ट्र्याकबाट काम गर्नुपर्छ ।
कपिलवस्तुको जिल्ला अस्पताललाई कोरोना विशेष अस्पताल बनाउनुपर्ने माग आइरहेको छ, त्यसमा तपाईंहरुको ध्यान गएको छैन ?
त्यसमा एकदमै धेरै ध्यान गएको छ । खासगरी पछिल्लो कपिलवस्तु जिल्लामा संक्रमितहरु बढेका छन् । त्यो हिसाबले अब कपिलवस्तु जिल्ला अस्पताललाई बनाउने कुरा त छँदैछ । त्यहाँ अहिलेसम्म भएका क्वारेन्टाइनलाई आइसुलेसनमा विकास गर्ने सोचमा हामी गइराखेका छौं । जसलाई समस्या, लक्षण देखिएको छ, उनीहरुलाई अस्पतालमा लाने । जसलाई संक्रमण मात्रै देखिएको समस्या छैन भने क्वारेन्टाइनलाई नै आइसुलेसन बनाउने भनिएको छ । अर्को जसको संक्रमण मात्रै देखिएको छ । उसलाई कुनै लक्षण छैन भने घरमै सुरक्षित ढंगले बस्ने व्यवस्था छ भने घरमै बस्न दिने र बेलाबेलामा बुझ्ने काम हुन्छ । त्यसरी सेल्फ क्वारेन्टाइनको रुपमा बस्ने तर जसको घरमा एउटै कोठामा धेरैजना बस्नुपर्ने हुन्छ । उहाँहरुको अरु बस्ने ठाउँ छैन भने त्यस्ता व्यक्तिलाई मात्रै आइसुलेसनमा राख्ने । यही हिसाबको तयारी अहिले हाम्रो छ ।
मुटुरोगको नियमित खाँदै आएको औषधि नपाएर क्वारेन्टाइनमै मृत्यु भयो नि ?
यो एकदमै दुखद् कुरा हो । अन्य क्वारेन्टाइनहरुमा धेरै समस्या देखिएको छ । क्वारेन्टाइनको व्यवस्थापन गर्ने कुरा स्वास्थ्यकर्मीको होइन । यो त्यहाँको स्थानीय र प्रदेश सरकारको हो । हाम्रोमा अहिलेसम्म २० प्रतिशतजतिलाई डाबेटिज भएको व्यक्तिलाई संक्रमण देखिएको छ । कतिपय ब्रेन हेम्रेज भएको व्यक्तिलाई संक्रमण भएको देखिएको छ । त्यसैले अन्य रोगहरु भएका व्यक्तिहरुलाई कोरोनाको संक्रमण देखिएको छ । अब त्यो ठाउँमा कसरी क्वारेन्टाइनमा अन्य विरामीहरुको मृत्यु भयो त्यसको छानविन गरेर अरु ठाउँमा त्यस्तो घटना नहोस् भनेर व्यवस्थित गर्नुपर्छ ।
क्वारेन्टाइनमा पनि गम्भीर लापरबाही देखियो, संक्रमणको संख्या पनि ह्वात्तै बढेको छ के कारणले हो ?
यो त हामी सबैलाई थाहा भएको कुरा हो । पहिलो सबै व्यक्तिहरु भारतबाट एउटै बस चढेर आए । त्यसरी भारतबाट आउने पनि दिल्ली, बम्बई, गुजरात जस्ता ठाउँमा धेरै संक्रमण पैmलिएको छ । त्यहाँबाट आउनेमा धेरै संक्रमण देखिएको छ । अहिलेसम्म जति संक्रमित देखिएका छन् त्यसमा धेरैजसो भारतबाट आएकाहरु हुन् । कोही उहीबाट संक्रमित भएर आए, कोही बाटोमा संक्रमित भए र कोही फेरि क्वारेन्टाइन व्यवस्थिति नहुँदा पनि समस्या देखिएको छ । सबैभन्दा समस्या भनेको भारतका हट स्पटबाट आउनेहरुबाट संक्रमण फैलिएको हो । यसरी अव्यवस्थिति ढंगले आउनेहरुको संख्या घटेपछि संक्रमणको संमणको संख्या पनि कम हुँदै जान्छ ।