Logo

किशोरी बलात्कार गर्ने पक्राउ



पाँचथर, २१ जेठ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना मंगलबार दिउँसो पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्वेवा गाउँपालिकाका रमेश शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

ओखरबोटे जंगलको छेउमा बाख्रा चराईरहेको अवस्थामा शर्माले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्