Logo

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै



काठमाडौँ, २२ जेठ । महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गरेका छन् ।

शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने सोच्नुभएको थियो, तर बन्दाबन्दीको समय थपिएको थपियै भएपछि उनलाई दैनिकी गुजार्न धौधौ हुन थाल्यो । अरु बन्दाबन्दी भयो भनेर कोही घरमै बसे । कोही गाउँको घरतिर लागे तर बोहराको दैनिकी बन्दाबन्दीमा पनि उस्तै छ ।

बोहराको पुख्र्यौली घर बैतडी हो । वि.सं २०५४ मा परिवारसहित बोहरा दार्चुलामा मजदुरी गर्न आएका हुन् । त्यो बेलादेखि उनको परिवार खलङ्गामै छ । दुई छोरी, एक छोरा र बूढाबूढीको परिवारको जागिर केही छैन । छ त केवल महाकाली नदीको बालुवा । बन्दाबन्दीले बैतडी जान पनि सकेको छैन । उनले बैतडीको सबथोक छाडेर आएको दुई दशक बढी भयो ।

आजकल बोहराका श्रीमान् बिसनसिंह र राजमती महाकाली नदी किनारमै हुन्छन् । बन्दाबन्दी भएपछि बोहरा परिवारमा झन् बढी कामको बोझ बढेको छ । नदीको मध्यभागसम्म पुगेरै अहिले पनि बालुवा सङ्कलन गर्ने काम भइरहेको राजमतीले बताएका छन् । अहिले त हामी १०/१५ जना दैनिक नदीबाट बालुवा निकाल्छौँ, तर बन्दाबन्दी अघि झण्डै दुई/तीन सय परिवारले बालुवा निकाल्दै आएका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot