बैतडी, जेठ २२ । गत मंगलबार क्वारेन्टाइनमा मृत्यु भएकी बैतडीकी २२ बर्षिया कमला लुहारको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर जिल्लाको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको मृत्युपछि गरिएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ देखिएको हो ।
उनीसँगै रहेका उनका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको प्रदेशीक स्वास्थ्य कार्यालयक कैलालीले जनाएको छ । चारै जनाको स्वाब संकलन गरी सेती अस्पताल धनगढी पठाइएको थियो ।
मृतक महिलाको रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको शव आफन्तको जिम्मा लगाइएको छ । यता बुधबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ कि ३० बर्षीय महिलाको रिपोर्ट भने आउन सकेको छैन्।