Logo

लकडाउन लुज गर्न यस्तो छ मोडालिटी, विभिन्न चरणमा उद्दोग व्यवसाय देखि विद्यालयसम्म खुल्ने



काठमाडौं, २२ जेठ । देशमा आज अहिलेसम्मकै सबैभन्दा बढी ३३४ जना कोरोना भाइरसका संक्रमित बढेका छन् । आजै लकडाउनको सर्वत्र उल्लंघन भएको छ । सवारी साधन बाक्लो देखिएका छन् । बैंकहरुमा लाम छ । पसल व्यवसाय खुलेका छन् । उद्दोगी व्यवसायीले लकडाउनप्रति असन्तुष्टि जनाउादै काम शुरु गर्ने घोषणा गरेपछि नयाँ माहोल तयार भएको हो ।

देशमा लकडाउन खुकुलो हुने निश्चित प्रायः छ । त्यसका लागि मन्त्रिपरिषदले केही बेरमै निर्णय गर्दैछ । अबको लकडाउन खुकुलो पार्दै क्रमैसँग उद्दोग, व्यवसाय, निर्माण, यातायात, शैक्षिक संघ संस्थाहरु खुल्ने भएका छन् ।

विश्वस्त स्रोतका अनुसार लकडाउन खुकुलो पार्ने मोडालिटी तयार भई मन्त्रिपरिषदमा गएको छ । जसमा विभिन्न चरणमा प्राथमिकता र कम जोखिम हेरी खोल्न दिइनेछ ।

शुरुमा उद्दोग व्यवसाय खोल्न दिइनेछ । सवारी साधनको हकमा दुई पाङ्ग्रे र चार पाङ्ग्रेलाई निश्चित समयमा एक जना र दुईजना मात्र बस्न पाउने व्यवस्थाका लागि संचालन गर्न दिइनेछ । जोरबिजोर प्रणाली लागु हुनेछ ।

उद्दोग व्यवसायका लागि समयसीमा तोकेर संचालन गर्न दिइनेछ । अत्यावश्यक सेवाका अलावा अन्य सेवासम्बन्धि व्यवसायहरु संचालन हुनेछन् ।

विस्तारै खेल स्थल, पौडीपोखरी, सिनेमा हल संचालन गर्न दिइनेछ । होटल रेष्टुरेन्टहरु संचालनमा आउनेछन् । सिनेमा हल पनि विस्तारै खोल्न दिइने मोडालिटीमा राखिएको छ ।

शैक्षिक संस्थाहरु विस्तारै खुल्नेछन् । असारभर पनि विद्यालय खोल्ने सम्भावना छैन । तर, साउन १ बाट खोल्ने तयारी गरिएको बुझिएको छ । एसईई असारभित्र संचालन गर्ने तयारी भएको छ ।

जोखिमलाई दृष्टिगत गरी प्रदेशहरुलाई कतिपय उद्दोग व्यवसाय र शैक्षिक संघसंस्था खोल्न दिने नदिने निर्णय लिन दिइने बुझिएको छ ।-File Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot