Logo

मन्त्रीपरिषद बैठक : नयाँ मोडालिटी तयार पार्ने उच्चस्तरीय समितिलाई जिम्मा



काठमाडौँ, २२जेठ : मन्त्रीपरिषद बैठकले लकडाउन खुकुलो पार्न नयाँ मोडालिटी पेश गर्न उच्चस्तरीय समन्य समितिलाई जिम्मा दिने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रीपरिषद बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्ने गरी समितिलाई जिम्मा दिने निर्णय गरेको हो ।

जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति सहित प्रधानमन्त्री केपी शर्मा आलीले विज्ञहरुसँग छलफल गरेका थिए ।हिजो भएको छलफलमा विज्ञहरुले प्रधानमन्त्रीलाई उच्च सर्तकता अपनाएर लकडाउन सहज पार्न सुझाव दिएका थिए ।

यसैबिच व्यवसायीहरूले सरकारसँग समन्वय नगरी लकडाउन उल्लंघन गरेर पसल खोल्न अपील गरेपछि सरकार दवावमा परेको छ । सरकारले सरकारको निर्णय कुर्न व्यवसायीलाइ अनौपचारिक रूपमा आग्रह गरेको छ ।सरकारले पछिल्लो पटक थप गरेको लकडाउन जेठ मसान्तमा सकिंदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot