Logo

केपी ओलीले भाजपा नेता राममाधवलाई बैंककमा भेटी हिन्दु राष्ट्र बनाउँछु भनी प्रतिवद्धता जनाएको अमरेश सिंहको सनसनीपूर्ण खुलासा (भिडियोसहित)



काठमाडौं, २३ जेठ । प्रधानमन्त्री हुनु अघि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख राम माधवसँग हिन्दु राष्ट्र ल्याउने सहमति गरेको खुलासा भएको छ । ओलीले राम माधवसँग हिन्दु राष्ट्र ल्याउने प्रतिवद्धता गरी राजनीतिक लाभ लिएको खुलासा नेपाली काँग्रेसका सांसद डा. अमरेश सिंहले गरेका हुन् ।

भारतको दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यावारिधी गरेका र भारतको सत्तारुढ भाजपासँग नजिकको सम्बन्ध रहेका अमरेश सिंहले प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग भने, ‘बैंककमा केपी ओलीले प्रधानमन्त्री ओलीले राम माधवसँग भेट्नुभएको होइन । हिन्दु राष्ट्र बनाउँछु भनेर प्रतिवद्धता गर्नु भएको छ ।’ उनले आफूसँग त्यसको प्रमाण भएको बताए । आफू ओलीसँग त्यसबारे बहस गर्न तयार भएको बताए ।

तर, भन्ने एउटा र गर्ने एउटा गरेर ओलीले भारतको सत्तारुढ भारतीय जनता पार्टीलाई धोका दिएको बताए । उनले भने, ‘कम्युनिस्टको शैली नै उपयोगितावाद हो ।’

ओलीले एकातर्फ भारतको प्रतिक चिन्हको बारेमा बोलेर आलोचना गरेको र अर्कोतर्फ भारततिर मानिसहरु दौडाइरहेको बताए । उनले भने, ‘एकातर्फ सत्यमेव जयते र सिंहमेव जयते अर्कोतर्फ दिल्लीदेखि नागपुर देखि एम्बेसीतिर मान्छे दौडाइरहनुभएको छ ।’ स्मरणीय रहोस्, नागपुरमा हिन्दुवादी संस्था राष्ट्रिय स्वयंसेवक संघको केन्द्रीय कार्यालय छ ।

अमरेश सिंह

ओलीले जनतालाई राष्ट्रवादी बनेर ठगी गरेको बताए । उनले भने, यसपटक चुनाव जितेकाले नक्शा ल्याइदिएँ अब अर्कोपटक चुनाव जिताए धर्म धर्म जमिन ल्याइदिन्छु भन्नुहुनेछ । भारतले लिंकरोड बनाइरहेको जानकारी पाउँदा छ महिना चुप लागेको बताए । ओलीले कुनै कुटनीतिक पहल नगरेको बताए ।

ओलीको सरकार इतिहासकै भ्रष्ट भएको आरोप लगाए । सबै कमजोरी छोप्न अनेकन राजनीतिक कार्ड फ्याँकिरहेको बताए ।

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्र खुशी पारेर सत्ताको मज्जा लिइरहेको बताए । उनले भने, अर्थमन्त्री डा. खतिवडालाई भ्रष्टाचार मात्र थाहा छ जुन अखबारमा आएको छ । खतिवडालाई मुसहर र चेपाङले कसरी खाइरहेका छन् भन्ने थाहा नभएको तर सांघाई ग्रुपलगायत ठुला व्यापारीबारे फेहरिस्त जानकारी भएको बताए । प्रधानमन्त्री ओलीलाई यती ग्रुपबारे मात्र थाहा भएको बताए ।

नेकपालाई कमाउनिस्ट पार्टी भएको आरोप लगाए । जनतालाई भोको बनाएर भोकमरी बाँडेर राजनीतिक लाभ लिइरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot