काठमाडौं, २३ जेठ । स्थलमार्ग हुँदै बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतबाट नेपाल आईपुगेकी अभिनेत्री मनिषा कोइराला १४ दिनसम्म क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी छन्। बलिउडकी चर्चित नायिका कोइराला मुम्बईमा बस्दै आएकी थिईन् ।
उनी रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आईपुगेकी हुन् । कोरोना परीक्षण गरिसकेको र तीनै जनाको रिपोर्ट नेगेटिभ आएको मनिषाले जानकारी गराएकी छिन् । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् । FILE PHOTO