Logo

देउवा असफल, अब देश हाँक्न सक्दैनन् : सिंह (भिडिओसहित)



काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. अमरेश कुमार सिंहले मुलुकमा राजनीतिक संकट उत्पन्न हुन लागेको र उक्त संकटको समाधान गर्ने राजनीतिक नेतृत्व नभएको सनसनीपूर्ण टिप्पणी गरेका छन् । उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई पनि असफल नेताको संज्ञा दिएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद सिंहले भने,’केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड यी तीन नेताले संकटको समाधान गर्न सक्दैनन् । अब नयाँ नेतृत्व आउनैपर्छ । ३० वर्षदेखि जनताले यीनै नेताको नाम सुन्दै आईरहेका छन् । जनता वाक्क भैसकेका छन् । एकचोटी प्रधानमन्त्री बन्दा राम्रा नगर्ने, दुई चोटी बन्दा राम्रा गर्न नसक्ने ? अनि पाँच चोटी बन्दा राम्रो हुन्छ त ? यो त ठगी धन्दा हो ।’



प्रतिक्रिया दिनुहोस्