Logo

गोरखापत्रका महाप्रबन्धकसहित ४जनामाथी अख्तियारको मुद्दा



काठमाडौ, २३ जेठ । गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनामाथी २६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ ।

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्ने समेत व्यहोराको उजुरी माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा कोइराला, गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्याय, गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरी, कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीले २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको थियो ।

उनीहरु ४ जनालाई कानुन बमोजिम सजाय हुन र बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्