Logo

भ्रष्टाचार गरेपछि शौचालयमा फल्स गरी कागजपत्रको प्रमाण नष्ट गरेपछि…



काठमाडौ, २३ जेठ । मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. आनन्द कुमार झामाथी भ्रष्टाचारको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन मोरङ्गका डिभिजन प्रमुख सि.डि.ई. झाले १० हजार घुस लिएको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नियन्त्रणमा लिएको थियो ।

नदी तटबन्ध नियन्त्रण सम्बन्धी आयोजनाको थप बजेट निकासा गरिदिने भन्दै लिएको घुस रकमलिएको जानकारी बाहिर आएपछि आफ्नो बिरुद्धको प्रमाण नष्ट गर्ने उद्देश्यले उक्त रकम आफैले लगेर मन्त्रालयकोे शौचालयमा फल्स गरी नष्ट गरी दिएको पुष्टि भएकोले झालाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्