Logo

वन व्यवस्थापन समितीका कोषाध्यक्ष अख्तियारको नियन्त्रणमा



काठमाडौ, २३ जेठ । वन व्यवस्थापन समितीका कोषाध्यक्ष मिन बहादुर घोलेसहित २ जनालाई अख्तियारले नियन्त्रणमा लिएको छ । श्री जनकल्याण वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स., तिनपाटन गाउँपालिका १० सिन्धुलीका कोषाध्यक्ष घोलेसहित २ जनाले ३ लाख भ्रष्टाचार गरेको अभियोगमा नियन्त्रणमा लिएको हो ।

सिन्धुली तिनपाटन गाउँपालिका १० मा सेवाग्राहीले सञ्चालन गरेको कुखुरा फर्मको पुरानो काठ सोही गाउँपालिकाको वडा नं. ९ मा लैजान दिने भनी पटक पटक गरेर ३ लाख ३० हजार ५ सय घुस घोले र जनसेवा वैज्ञानिक वन व्यवस्थापन सा.व.उ.स.कोषाध्यक्ष तिर्थ बहादुर रानाले रकम बुझिसकेको अवस्थामा रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको अख्तियारका प्रवक्त प्रदिपकुमार कोइरालाले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्