Logo

सालकको खपडा सहित ३ जना पक्राउ



मकवानपुर, २३ जेठ । दुर्लभ वन्यजन्तु सालकको खपडा सहित ३ जना बिहीबार दिउँसो पक्राउ परेका छन् । मनहरी गाउँपालिकाबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिकाका लाल सिं बोम्जन, मनहरी गाउँपालिकाका अबमिकल घलान र चितवन राप्ती नगरपालिकाका बधुवा चौधरी रहेका छन् । उक्त स्थानमा सालकको खपडा कारोवार भइरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई बरामद सालकको खपडा सहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी, मकवानपुर पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्