Logo

लकडाउनमा धमाधम जुवाडे पक्राउ



कास्की, २३ जेठ । जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका मध्यपथका तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ र ३ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्