Logo

रक्सी पिएर प्रहरीलाई ढुंगा हान्ने दुई पक्राउ



दाङ, २३ जेठ । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका पञ्चकुलेका चित्र बहादुर डाँगी र उनकै छोरा हेम राज डाँगीलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बवई गाउँपालिका पञ्चकुले बजारमा उनीहरुलाई मादक पदार्थ सेवन गरी हो–हल्ला गरिरहेको अवस्थामा फेला पारी सम्झाई बुझाई गर्दै गर्दा निजहरूले एक्कासी प्रहरीमाथि ढुङगा प्रहार गर्दै अभद्र व्यवहार गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot