जेठ २३, काठमाण्डौ । कोरोना संक्रमितको संख्या करिब ३ हजार पुग्न लागेको र उनीहरुको उपचारमा असहजता देखिएको भन्दै सरकारले स्वास्थ्य संकटको घोषणा गर्ने तयारी गरेको छ । तर, विज्ञहरुले समय छदासम्म कुनै तयारी नगर्ने र अपतकालको घोषणा गर्न हतारिने सरकारी शैली गलत भएको बताएका छन् । जनता तर्साउन र आफ्ना गल्ती ढाकछोप गर्नका लागि मात्रै सरकारले संकटको घोषणा गर्न लागेको उनीहरुको टिप्पणी छ ।
संक्रामक रोग ऐन २०२० लाई टेकेर सरकारले स्वास्थ्य संकटको घोषणा गर्ने तयारी गरेको हो । त्यसका लागि विभिन्न चरणमा छलफल गरेर मन्त्रिपरिषद्मै प्रस्ताव पुगिसकेको छ । स्वास्थ्य मन्त्रालयको दाबी छ– संक्रमणको दर बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले स्वास्थ्य संकटको घोषणा गर्न लागिएको हो ।
के संकटको घोषणा गरेपछि चाँही यी सबै अभावको छिनभरमै परिपुर्ति हुन्छ ? विज्ञ भन्छन् यस्तो सोच्नु नै गलत हो ? किनकी बिना तयारी संकटको घोषणा गर्नुको कुनै अर्थ छैन् । तयारी गर्नका लागि अहिले पनि सरकारलाई केहिले छेकेको छैन् । कोरोना संक्रमितको उपचारको बन्देवस्त मिलाउन, नीजि अस्पताल प्रयोग गर्न, स्वास्थ्य सामाग्री किन्न अहिले पनि कुनै असहजता नरहेकाले आपतकालको घोषण गर्न खोज्नुको कुनै औचित्य नरहेको जनस्वास्थ्यविद् शरद वन्त बताउँछन् । उनका अनुसार संकटको घोषणा पछि हुने के फरक हुन्छ ? त्यसको विषयमा स्पष्ट नपारी संकट लगाउनुको कुनै अर्थ छैन् ।
डा वन्तको भनाइमा समर्थन जनाउँदै अर्का जनस्वास्थ्यविद् डा रविन्द्रनाथ पाण्डे आपतकालको घोषाण गरेर जनतालाई अत्याउन नहुने बताउँछन् । समय छदासम्म कुनै तयारी नगर्ने, यति संक्रमित हुनसक्छन् भनेर सामान्य आकलन गर्न पनि नसक्ने, विज्ञहरुको कुरा पनि नसुन्ने र अहिले जनता तर्साउन र आफ्ना गल्ती ढाकछोप गर्न आपतकालको घोषणा गर्न खोज्नु खेदजनक भएको उनको टिप्पणी छ । डा पाण्डेका अनुसार जनताको ध्यान मोड्ने नियतबाट संकटकाल घोषणाको विषय आएको छ ।
विज्ञहरुका अनुसार आगामी साउन महिनासम्ममा नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघ्न सक्छ । अहिले २÷३ संक्रमित देखिदैमा आतिएको सरकारले त्यस्तो अवस्थामा के गर्छ ? तयारी के छ ? यतातर्m ध्यान नदिने र संकटमाथि संकट थोपर्न खोज्ने सरकारी शैलीले खतरनाक भएको विज्ञहरुको दाबी छ ।