Logo

कोरोना सङ्क्रमित जिल्लाको संख्या ६८ पुग्यो



काठमाडौँ, २३ जेठ : कोभिड–१९ बाट सङ्क्रमित जिल्ला ६८ पुगेका छन् । आज गरिएको परीक्षणमा गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् । अब नौ जिल्लामात्र बाँकी रहेका छन् ।

आज एकै पटक २७८ जनामा सङ्क्रमण देखिएको छ । आज देखिएका सङ्क्रमितसँगै सङ्ख्या दुई हजार ९१२ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमितमा अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन् । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ । ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ । तीमध्ये भोजपुरमा पाँच पुरुष, झापामा एक पुरुष, सुनसरीमा एक बालिका र १२ पुरुष रहेका छन् ।

यस्तै सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ । ति कैलालीका चार पुरुष, अछामका एक पुरुष, बझाङका एक पुरुष र डडेल्धुराका पाँच पुरुष रहेका छन् ।

यस्तै धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ । ति रामेछापका १७ पुरुष, काभ्रेका पाँचमध्ये तीन महिला र दुई पुरुष रहेका छन् । कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दैलेखका ९० जना रहेका छन् । तीमध्ये तीन महिला र चार वर्षीय बालक तथा ८६ पुरुष रहेका छन ।

यस्तै जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ । हुम्लाका एक पुरुष, रामेछाप हाल जुम्लामा बसेका एक पुरुष, दोलखा हाल जुम्लामा कार्यरत एक पुरुष, गोरखाका हाल जुम्लामा कार्यरत एक पुरुष रहेका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई पुरुष दाङका रहेका छन् ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ । तिनीहरु गुल्मीका एक पुरुष, कपिलवस्तुकी एक महिला र ४३ पुरुष, कास्कीका एक पुरुष, महोत्तरीका १७ पुरुष र रौतहटकी एक महिला र एक बालकसहित पाँच पुरुष रहेका छन् ।रासस File Photo



प्रतिक्रिया दिनुहोस्