Logo

कोरोना संक्रमितको उपचार गर्न रुसी अस्पतालले हाईपरबेरिक अक्सिजेनेसन प्रयोग गर्दै



एजेन्सी, २३ जेठ । रुसको राजधानी मस्कोस्थित रहेको अस्पतालले कोरोना संक्रमित बिरामीहरुको उपचार गर्न हाईपरबेरिक अक्सिजेनेसनलाई प्रयोगमा ल्याएको छ । मस्को रिसर्च इन्टिट्यूट अफ इमरजेन्सी केयरले हाईपरबेरिक अक्सिजेनेसन प्रयोग गर्न सुरुवात गरेको हो ।

हाईपरबेरिक अक्सिजेनेसनले कारोना संक्रमित मानिसलाई सफा अक्सिजन प्रदान गर्ने कारण यसलाई प्रयोगमा ल्याएको छ । कोरोना संक्रमितलाई यसअघि मास्क र हाई फ्लो अक्सिजन थेरेपीको माध्यमबाट अक्सिजन दिने गरिन्थ्यो । उक्त थेरेपी भन्दा हाईपरबेरिक अक्सिजेनेसनले विरामीलाई सहज बनाउने कारण प्रयोगमा ल्याएको हो । हाइपरबेरिक अक्सिजेनेसनले प्रदान गरेको अक्सिजनको मात्रा प्रभावकारी रहेको जनाइएको छ ।

कोरोना संक्रमित मानिसलाई भन्टीलेटरको प्रयोग नगराउन हाइपरबेरिकको सुरुवात गरेको अस्पतालका निर्देशकले जनाएका छन् । हाइपरबेरिक अक्सिजेनेसनलाई पहिला पनि मस्तिष्क घात, भस्कुलरका विरामी र श्वास प्रश्वासमा कमी आउने व्यक्तिमाथि प्रयोग हुने गरिन्थ्यो ।



प्रतिक्रिया दिनुहोस्