Logo

आज दिनभर पानी पर्ने, हिमपातको समेत सम्भावना



काठमाडौं, जेठ २४। चक्रवात ‘निसर्ग’ को प्रभावका कारण आज देशभर बदलीसँगै वर्षा भइरहेको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’ चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पर्दा देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।

शुदूरपश्चिमका पाहाडी जिल्लामा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । मौसममा आएको बदलिका कारण उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना रहेको मौसमविद्हरुको अनुमान समेत रहेको छ ।

शनिबार सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा अधिक बर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्