एजेन्सी २४ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक स्थानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको छ । डब्लुएचओले यसअघि सार्वजनिक स्थानमा मास्क लगाउन जरुरी नरहेको ठहर गरेको थियो । कोरोनाको संक्रमण रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा अनिर्वाय रुपमा मास्क लगाउन डब्लुएचओले मास्कका सम्बन्धमा आफ्नो सुझाव परिवर्तन गरेको छ ।
कोरोना संक्रमित व्यक्तिका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने डब्लुएचओले सुझाएको छ । विश्वका केही देशहरुले सार्वजनिक स्थानमा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम समेत लागु गरेका छन् । सर्वसाधारणलाई मेडिकल मास्क नभइ कपडाको मास्क लगाउन समेत विज्ञहरुले सुझाएका छन् । जोखिममा रहेका र संक्रमितको स्याहार गरिरहेका व्यक्तिले मेडिकल मास्क लगाउनु पर्ने जानकारी डब्लुएचओले विगतमै दिएको थियो । मास्क प्रयोग गरेमा संक्रमण केहि हदसम्म फैलिन नपाउने विज्ञहरुले अनुमान गरेका छन् । File photo