Logo

दक्षिण अफ्रिकामा आधिकारिक सैतान चर्चको स्थापना



एजेन्सी, २४ जेठ । दक्षिण अफ्रिकामा पहिलो आधिकारिक सैतान चर्च स्थापना भएको छ । सैतान धर्म मान्नेहरुका लागि दक्षिण अफ्रिकाले सैतान चर्च स्थापना गरेको हो । उक्त चर्चले गत फेब्रुअरीमा आधिकारिता पाएको थियो ।

सैतान धर्मको विषयमा जानकारी र ज्ञान प्राप्त गराउन चर्चको स्थापना गरिएको हो । आधीकारिक रुपमा स्थापना गर्न चार वर्ष लागेको चर्चका संस्थापकले जनाएका छन् ।

सैतान धर्मले मानिसलाई स्वतन्त्र र निर्धक्क बनाउने कारण संस्थापकले आधीकारिक रुपमा चर्च स्थापना गरेको जनाएका छन् । अरु धर्मले भने मानिसलाई डरको दायरामा राख्ने गर्छ भन्ने टिप्पणी संस्थापकले गरेका छन् । सैतान धर्मलाई विकास गर्न एक सानो प्रयास रहेको संस्थापकले जनाएको छ ।

छिमेकी मुलुक जिम्बाव्वेमा सैतान धर्म र बोक्सी पाठ गर्न गैर कानुनी रहेको छ । सैतान धर्मको विकासमा ठूलो प्रयासको आवश्यकता रहेका जनाइएको छ । उक्त धमैले पछि निरन्तरता पाउने आश संस्थापकले देखाएको छ । स्थापति गसिरएको चर्चमा सदस्यको बृद्वीगर्न निरन्तरता दिइने र अन्य मुलुमा समेत यसको साखा फैलाउने योजना संस्थापकको रहेको छ ।



प्रतिक्रिया दिनुहोस्