Logo

गणतन्त्रको मर्मअनुसार बजेट विनियोजन हुनुपर्छ : गगन थापा



काठमाडौँ, २४ जेठ ; प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल काँग्रेसका सांसद गगनकुमार थापाले यसपटकको बजेटमा स्वास्थ्य मन्त्रालयले प्राथमिकता पाउनु खुशीको कुरा भएको बताए । उनले पञ्चायत वा बहुदलीयकालमा जस्तै बजेट विनियोजन गर्ने परम्परामा परिवर्तन हुन नसकेको भन्दै गणतन्त्रको मर्मअनुसार बजेट विनियोजनको प्रक्रियालाई सुधार गर्न आग्रह गरे । उनले सांसदको हैसियत वडाध्यक्षको जस्तो भएको भन्दै विधायकको हैसियत दिन माग गरे ।

स्रोतको अभावले मात्रै स्वास्थ्य सेवा कमजोर अवस्थामा नआएको जिकिर गर्दै थापाले रोगको सङ्क्रमणबाट सङ्कट शुरु भइसकेपछि मात्रै चासो देखिनु विडम्बना रहेको उल्लेख गरे । उनले विसं ६०६८÷६९ बाट शुरु भइसकेको बीमा सबैका लागि अनिवार्य बनाउनुपर्नेमा जोड दिए ।

सदनमा बोल्ने सांसदहरुले कोभिड–१० रोकथाममा सरकारको सक्रियता बढाउन आग्रह गर्दे परीक्षणको दायरा बढाउन माग गरेका छ । व्यक्तिगत सुरक्षात्मक कार्यक्रमलाई व्यवस्थित गर्दै परीक्षण र क्वारेन्टिनलाई प्रभावकारी बनाउनसमेत उनले आग्रह गरे ।File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot